२५ असार काठमाडौँ । अविरल वर्षासंगै गएको पहिरोले डुम्रे बेँसीसहर सडक अवरुद्ध भएको छ। बेँसीशहर नगरपालिका वडा न १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको हो ।
३/४ दिन परेको लगातार पानीले उक्त स्थानमा पटकपटक पहिरा गएर सडक अवरुद्ध बनाएको कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिए ।
त्यस ठाउँमा सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनी समस्या हुँदै आएको छ। पहिरो ठूलो गएको भएर सफा गर्ने समय लागेको बताए ।