Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 चन्द्रागिरि केवलकार चल्दा चल्दै बिचमै रोकियो 

 चन्द्रागिरि केवलकार चल्दा चल्दै बिचमै रोकियो 

जोईन खबर

२, श्रावण २०८१
  • 1.1K
    SHARES
  •  चन्द्रागिरि केवलकार चल्दा चल्दै बिचमै रोकियो 

    २ साउन काठमाडौँ । चन्द्रागिरि केवलकार चल्द चल्दै  विद्युत् अवरूद्ध भएपछि  रोकिएको छ । विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरि केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको हो ।

    images

    महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ ।समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    केवलकारमा यात्रु फसेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको छ । उद्धार गर्ने कोसिस भइरहेको छ ।कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने डोरीलाई घुमाएर यात्रुको उद्धार गर्न लागेका छन् ।

     

    प्रकाशित मिति :श्रावण २, २०८१ बुधवार - १६:५७:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको