४ साउन काठमाडौँ । पृथ्वी राजमार्ग सडक खण्डको धादिङ बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् ।
आज शुक्रबार बिहान करिब ८ बजे तिर हामफालेका हुन् । त्रिशूली नदिमा हामफालने युवा मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । घटना बारे थप विवरण आउन बाकी रहेको छ ।