Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 युएईमा  सरकारविरुद्ध आन्दोलन गर्ने तीन जना जन्मकैद, ५३ जना १० वर्ष जेल सजाय

 युएईमा  सरकारविरुद्ध आन्दोलन गर्ने तीन जना जन्मकैद, ५३ जना १० वर्ष जेल सजाय

जोईन खबर

८, श्रावण २०८१
  • 754
    SHARES
  •  युएईमा  सरकारविरुद्ध आन्दोलन गर्ने तीन जना जन्मकैद, ५३ जना १० वर्ष जेल सजाय

    ८ साउन काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको एक अदालतले ५७ जना बङ्गलादेशीलाई जेल हालेको छ । आफ्नै सरकारविरुद्ध  विरोध प्रदर्शन गरेको भन्दै उनीहरूलाई जेल सजाय सुनाइएको हो । शुक्रबार यूएईभरका कयौं सडकमा दङ्गा भड्काएको भन्दै तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको सरकारी समाचार संस्था वामले एक समाचारमा भनेको छ ।

    images

    ५३ जनालाई भने १० वर्षको जेल सजाय तोकिएको छ । अर्को एक जनालाई ११ वर्षको जेल सजाय दिइएको छ । अदालतले नियुक्त गरेको प्रतिवादीका वकिलले भने आरोपीहरू भेला हुनुको पछाडि कुनै आपराधिक इरादा नरहेको र उनीहरूमाथि लगाइएको आरोपको प्रमाण पर्याप्त नभएको भनेका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर हुन आदेश दिएको भएपनि तर उनीहरूले नमानेको बताइएको छ । जेल सजाय पूरा भएपछि उनीहरूलाई स्वदेश फिर्ता पठाउन आदेश दिइएको छ ।

    images
    images
    images

    बङ्गलादेश सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर दुबईमा रहेको कन्सुलेटले भने सामाजिक सञ्जालको एक पोस्टमा आफ्ना नागरिकहरूलाई आइतबार स्थानीय कानुनको सम्मान गर्न आग्रह गरेको थियो ।यो कदमको एम्नेस्टी इन्टरनेशनले आलोचना गरेको छ । युएईमा विरोध प्रदर्शन पूर्णतः गैरकानूनी छ । त्यहाँको ९० प्रतिशत जनसङ्ख्या विदेशी हुन् ।

    बङ्गलादेशीहरू त्यहाँको तेस्रो ठुलो आप्रवासी समूह हुन् । सरकारी जागिरमा आरक्षणको विरोधमा देशभरमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनमा बङ्गलादेशमा अहिलेसम्म १५० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । ५०० जना पक्राउ परेका छन् । सोमबार प्रदर्शनरत विद्यार्थी समूहका नेताहरूले सरकारलाई देशव्यापी कर्फ्यू हटाउन र इन्टरनेट सेवा सुचारु गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए । एजेन्सी

    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - २१:२३:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको