११ साउन काठमाडौँ । साउन ९ गते बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा परि मृत्यु हुनेहरुको परिवारलाई कम्पनीकोतर्फबाट सकेको सहयोग गर्ने बताएका छन् । सौर्य एयरलाइन्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ ।
एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले दुर्घटनामा ज्यान गुमाएका कर्मचारी र सहयोगीहरुको निधनले आफूहरु भावविह्वल बनेको बताए ।विज्ञप्तिमा भनिएको छ,सौर्य एयरलाइन्स प्रा।लि। को स्थापनाकाल देखि एउटै परिवारको रुपमा रही काम गर्दै आएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१-०४-०९ गते अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत हुनु भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौ।
यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्नँ।यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं।पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव रहने विश्वास समेत कम्पनीले दिलाएको छ।पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ ।
