Logo

बुधवार, श्रावण १३ गते २०८३

संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाए : नेकपा एमालेका सांसद रघुजी पन्त

संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाए : नेकपा एमालेका सांसद रघुजी पन्त

जोईन खबर

३, बैशाख २०८०
  • 742
    SHARES
  • संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाए : नेकपा एमालेका सांसद रघुजी पन्त

    ३ बैशाख काठमाडौं ।नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।एमाले सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

    images

    नागरिकताको नाम श्री पुष्पकमल दाहाल चलन चल्तीको नाम  प्रचण्ड स्थायी ठेगाना फेरिराख्ने अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार । दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । 

    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १४:४७:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको