Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 रेसेफाँटको पहिरोमा बेपत्ता भएका ३ जनाको शव भेटियो, २ जनाको खाजी कार्य जारी

 रेसेफाँटको पहिरोमा बेपत्ता भएका ३ जनाको शव भेटियो, २ जनाको खाजी कार्य जारी

जोईन खबर

१४, श्रावण २०८१
  • 712
    SHARES
  •  रेसेफाँटको पहिरोमा बेपत्ता भएका ३ जनाको शव भेटियो, २ जनाको खाजी कार्य जारी

    १४ साउन काठमाडौँ ।  उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

    images

    ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो ।

    images
    images
    images

    उक्त शव कान्छीमायाको भएको प्रहरीले पुष्टि गरेको छ । आइतबार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ बर्षीय रमेश परियार बेपत्ता भएका छन् । 

    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - १४:५८:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको