१४ साउन काठमाडौँ । सातौं एसिया कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई श्री समाज टोखाले सम्मान गरेको छ ।टोखा नगरपालिका वडा ५ मा बस्ने पदक विजेता खेलाडीलाई श्री समाजले सम्मान गरेको हो ।
गत असार ८ गते भएको प्रतियोगितामा टोखा वडा ५ मा बस्ने रन्जितबहादुर डगौराले स्वर्ण, रघुनाथ भण्डारीले रजत र आभास देवले कांस्य जितेका थिए । टिम व्यवस्थापक सरिता थापा पनि सम्मानित भइन् ।
टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र श्री समाजका अध्यक्ष श्रीकृष्ण प्याकुरेलले पदक विजेतासहित टिम व्यवस्थापकलाई एक कार्यक्रमबीच सम्मान गरे ।स्वर्ण विजेता डगौराले खेलाडीको सफलताको कदर गर्दै सम्मान गरेकोमा श्री समाजलाई धन्यवाद दिदै आगामी दिनमा पनि खेलकुदको माध्यमबाट राष्ट्रलाई योगदान दिन हरदम प्रयासरत रहने बताए ।