३ बैशाख काठमाडौ। कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नेपाल आउन लागेको एमजी एस्टर हुन्डाई क्रेटा र किया सेल्टोसँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले एस्टरको एउटा मात्रै सुपर भेरियन्ट नेपाल ल्याएको छ । यसको मूल्य ४८ लाख ४९ हजार तोकेर बुकिङ खुलाएसँगै कर्जामा एस्टर किन्नेले तिर्नु पर्ने मासिक किस्ता हामीले यहाँ प्रस्तुत गरेका छौं ।
अहिले बैंकको ब्याजदर केही घट्ने क्रममा रहेको कारण १३ प्रतिशत ब्याजदरमा कर्जा पाउन सकिन्छ । एस्टर किन्ने ग्राहकले मूल्यको ५० प्रतिशतले हुन आउने २४ लाख २४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।
भारतमा उत्पादन भएको पहिलो एआई टेक्नोलोजी प्रयोग भएको एस्टर एसयूभीमा मल्टिफङस स्टेरिङ ह्वील, १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले, चारवटा स्पीकर, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल ओडोमिटर, डिउलटोन ड्यासबोर्ड, १७ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प लगायत फिचर छन् ।