१६ साउन काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्य बनाउन कार्यदल गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा केन्द्रिय कमिटी र आयोगमा रहने नेताहरुको टुंगो लगाउन कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल छन् । यो भन्दा अघिल्लो कमिटीका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय बमोजिम ९३ जना एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छन् ।
बाँकी पदाधिकारी र केन्द्रीय कमिटी सदस्य टुंग्याउन सकेको छैन ।