Logo

बुधवार, श्रावण १३ गते २०८३

थ्रीस्टार हाइड्रोपावरले सोमबार देखि आईपीओ निष्काशन गर्ने

थ्रीस्टार हाइड्रोपावरले सोमबार देखि आईपीओ निष्काशन गर्ने

जोईन खबर

४, बैशाख २०८०
  • 691
    SHARES
  • थ्रीस्टार हाइड्रोपावरले सोमबार देखि आईपीओ निष्काशन गर्ने

    ४ बैशाख काठमाडौ।थ्रीस्टार हाइड्रोपावर लिमिटेडले बैशाख ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

    images

    यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७३ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैशाख २५ गतेभित्र आवेदन दिनु पर्नेछ।आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

     
     
     
     
     

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १४:२४:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको