Logo

बुधवार, श्रावण १३ गते २०८३

आजा पनि घटयो नेप्से कारोबार रु...

आजा पनि घटयो नेप्से कारोबार रु...

जोईन खबर

४, बैशाख २०८०
  • 661
    SHARES
  • आजा पनि घटयो नेप्से कारोबार रु...

    ४ चैत काठमाडौं ।  नयाँ आर्थिक वर्ष २०८० सुरु भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।सोमबार बजार परिसूचक नेप्से २३.६४ अंकले गिरावट हुँदा १९०८.०४ अंकमा बन्द भएको छ । बजारको सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।

    images
    बिहीबार नै २९ अंकले करेक्सन भएको नेप्से नयाँ वर्षको पहिलो दिन ३ गते आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको थियो । सोमबार पनि नेप्से घट्दो क्रमममा नै देखिएको छ ।
    नेप्सेमात्रै नभएर कारोबार रकम पनि घट्दो छ । गत बुधबार करिब २ अर्बको कारोबार भएको बजारमा बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको थियो ।
     
    आइतबार करिब १ अर्ब रहेको कारोबार रकम सोमबार ९२ करोड १ लाखमा झरेको छ ।२७ हजार ४३७ कारोबारमा ३१ लाख ४४ हजार ५७३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
     
    जसमध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ करोड २ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ३४ लाख र एनआईशी एशिया बैंकको ३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।सोमबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । 

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १५:३१:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको