३१ साउन काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफनै पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालले राजीनामा माग पत्र बुझाएका छन् ।
पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा मागगरेका हुन्।
मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’
उनले सभापति लामिछानेलाई सहकारी प्रकरणदेखि दुई वटा पासपोर्ट प्रकरणको पनि कुरा उठाएका छन्।आज पार्टीको छवि, मेरा कारणले नभई तपाईँको कारणले धुमिल हुँदै गएको छ ।
नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ । पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् ।
पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु । भने भनाइ सहितको पत्र ढकालले बुझाएका छन् ।
पत्रमा लेखिएको यस्तो छ ।
