३२ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गर्नु भएको छ । अध्यक्ष लिङ्देन भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गर्नुभएको हो ।
मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान गर्नुभएको थियो ।
अध्यक्ष लिङ्देन संग पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की समेत गउका छन् । उनीहरु भदौ १० गते नेपाल फर्कने छन् ।