५ बैशाख काठमाडौ। बजाज अटोले ट्राइम्फ मोटरसाइकलको भारतीय बजारमा सेल्स तथा सर्र्भिसको सबै काम लिएसँगै नयाँ मोटरसाइकल आउने चर्चा बढेको छ ।बजाज ट्राइम्फको २५० देखि ४०० सीसी क्षमताका मोटरसाइकल चाँडै बजारमा आउने अनुमान गरिएको छ ।
उक्त मोटरसाइकलमा राउण्ड एलइी हेडल्याम्प, क्लासीक फ्यूल ट्याङ्क, यूएसडी फर्क, मोनोशक सस्पेन्सन, अलोय ह्वील, ब्ल्याक परिक्षणमा देखिएको मोटरसाइकलको तस्विर अनुसार यसमा डबल ब्यारल एक्जष्ट, डिस्क ब्रेक तथा एबीएस आउट इन्जिन वे जस्ता फिचर समावेश हुनेछन् ।
बजाज-ट्राइम्फले ल्याउने ३५०-४५० सीसी इन्जिनले ४० हर्षपावर तथा २५० सीसी इन्जिनले ३० हर्षपावर जेनेरेट गर्नेछन् । यसमा स्लीपर क्लच, लिक्विड कुलिङ सिस्टम, राइड वाइ वायर, क्वीक सिफ्टर जस्ता प्रिमियम फिचर प्रयोग हुनेछन् ।

