५ बैशाख काठमाडौ। पाटन उच्च अदालतले स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्सको विषयलाई लिएर कारण देखाऊ आदेश जारी गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको उल्लेख गर्दै कम्पनीको सम्पत्ति नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
२ वैशाख २०७० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त कम्पनीका लागि शुक्रबार र शनिबार दुई दिन सार्वजनिक बिदा परेका कारण नवीकरण गराउन आइतबारसम्मको समय थियो ।
*