Logo

बुधवार, श्रावण १३ गते २०८३

भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठ चौधरीले

भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठ चौधरीले

जोईन खबर

५, बैशाख २०८०
  • 688
    SHARES
  • भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री  श्रेष्ठ चौधरीले

    ५ बैशाख काठमाडौ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई  लालपुर्जा वितरण गर्ने दाबी गर्नु भएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा समबोद्वन गर्दै आफ्नै पालामा  लालपुर्जा दिने लक्ष्य  दिएको बताउनुभएको हो ।

    images

    मेरो पालामा भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरू छन् । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलवासी लाखौँ नेवारहरू लालपुर्जा विहीन छन् ।

    मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ?  त्यसैले उपत्यका नेवारहरूलाई सो भूमिको लालपुर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ ।मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १६:५०:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको