Logo

बुधवार, श्रावण १३ गते २०८३

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो, आम्दानी कति?

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो, आम्दानी कति?

जोईन खबर

६, बैशाख २०८०
  • 805
    SHARES
  • फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो, आम्दानी कति?

    ६ बैशाख काठमाडौ।फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेड (FMDBL) ले चालु आर्थिक वर्षको  अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    images

    लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.७५ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १०.६८ प्रतिशत बढेको छ। 

    638174788172671204.png

     

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १२:३६:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको