Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपका विजेता टिमलाई नेपाल विमानस्थलमा भव्य स्वागत

 माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपका विजेता टिमलाई नेपाल विमानस्थलमा भव्य स्वागत

जोईन खबर

७, आश्विन २०८१
  • 577
    SHARES
  •  माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपका विजेता टिमलाई नेपाल विमानस्थलमा भव्य स्वागत

    ७ असोज काठमाडौँ । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपका विजेता टोली नेपाल पुलिस क्लब आज नेपाल विमानस्थलमा भव्य रुपमा स्वागत गरिएको छ ।

    images

    पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गर्दै उपाधि जितेको थियो ।

    images
    images
    images

    विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरे । साथै खेलाडीहरुलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको थियो ।

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ११:५०:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको