Logo

बुधवार, श्रावण १३ गते २०८३

दर्ता नहुँदा नेपालमै बनेको बिजुली बाइक ८ महिनादेखि उत्पादन बन्द

दर्ता नहुँदा नेपालमै बनेको बिजुली बाइक ८ महिनादेखि उत्पादन बन्द

जोईन खबर

६, बैशाख २०८०
  • 721
    SHARES
  • दर्ता नहुँदा नेपालमै बनेको बिजुली बाइक ८ महिनादेखि उत्पादन बन्द

    ६ बैशाख काठमाडौ । नेपालमै विद्युतीय सवारी साधन बनाउन सुरु गरेको यात्री मोटरसाइकल गम्भीर आन्तरिक समस्यामा परेको छ । कम्पनीले बारम्बार आफ्नो समस्या स्पष्ट पारेर अनुरोध गर्दा समेत अनपेक्षित रुपमा सरकारले नेपालमै बनेका सवारी साधन दर्ता हुन नसक्ने समस्या समाधान गरिदिएको छैन ।

    images

    पछिल्लो समय ट्राफिक प्रहरीले नम्बर प्लेट नभएकै कारण देखाउँदै नियन्त्रणमा लिन थालेपछि कम्पनीका ग्राहक समस्यामा परेका छन् । साथै सेप्टेम्बर २०२२ देखि यात्री मोटरसाइकल उत्पादन नै बन्द भएको छ र कम्पनी गम्भीर आन्तरिक समस्याको स्थितिमा पुगेको छ ।

    yatri-bikes-price-in-nepal-1.png

    कम्पनी स्थापना भए लगत्तै विभिन्न मन्त्रालय र विभागहरूमा आफूहरूले अनुमति र प्रमाणपत्रका लागि आवेदन दिन सुरु गरिएको यात्रीले जनाएको छ । त्यसक्रममा यातायात व्यवस्था विभागले यात्रीलाई आफ्नै च्यासिस बनाउन अनुमति पनि दिएको हो ।

    यात्रीलाई आफ्नै च्यासिस बनाउन पाउने गरी विभागले दिएको उक्त अनुमतिले अन्य कम्पनीहरूबाट अलग पहिचान दिएको थियो । उक्त प्रमाणपत्रको आधारमा यात्री मोटरसाइकलले नेपालमा आफ्नै च्यासिस बनाउन. "च" वर्गको वर्कशप स्थापना गरेको छ । 

    सवारी दर्ता कार्यालय गुर्जुधाराले भन्सार जाँचपास कार्यालयबाट प्राप्त हुने प्रज्ञापन पत्रमा उल्लेख भएका भीआईएन मात्र दर्ता हुने भन्दै यात्रीका मोटरसाइकल दर्ता गर्न अस्वीकार गर्‍यो । 

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - २०:३४:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको