Logo

बुधवार, श्रावण १३ गते २०८३

तीन क्षेत्रको उपनिर्वाचनका लागि राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागु

तीन क्षेत्रको उपनिर्वाचनका लागि राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागु

जोईन खबर

७, बैशाख २०८०
  • 670
    SHARES
  • तीन क्षेत्रको उपनिर्वाचनका  लागि  राति १२ बजेदेखि  प्रचारप्रसार निषेध अवधि  लागु

     ७ बैशाख काठमाडौ। तीन क्षेत्रमा  आइतबार वैशाख १० गते  हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । 

    images

    प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन  हुने  क्षेत्र क्षेत्र नं. २ बारा, क्षेत्र नं. १ तनहुँ नि नं. २ चितवनमा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । 

    उपनिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ । 

    साथै निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन आयोगले आग्रह गरेको छ । रासस


     

    प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - १३:०३:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको