१६ असोज काठमाडौँ । दुई दिन परेको अबिरल बर्षाले गर्दा अझै पनि धेरै सडकहरु सञ्चालनमा आएका छैन्न । ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले त्यस क्षेत्रमा आज पनि सवारी आवागमन बन्द भएको हो ।
काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरूमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ ।सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ ।
पहिरो ठूलो र बाढी आएकोले सडकमा थुपरै क्षति भएकोले सडक बनाउन केही समय लाग्ने सडक विभागले जनाए । बर्षा रोकिए संगै सडक मर्मत गर्ने सुरु गएि पनि काम अहिले सम्म सकीएको छैन् ।