Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ 

महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ 

जोईन खबर

१६, आश्विन २०८१
  • 691
    SHARES
  • महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ 

    १६ असोज काठमाडौँ । विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी छन् ।

    images

    इन्टरपोलबाट रेड नोटिस जारी भएका उनी मलेसियाबाट फर्कने क्रममा मंगलबार बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

    images
    images
    images

    प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलासँग गोप्य तस्वीरहरु साटासाट गरेका थिए ।

    पछि ती तस्वीहरु आफन्त र साथीहरुलाई पठाएर चरित्रहत्या गरेको प्रहरीको भनाइ छ ।उनीहरुविरुद्ध पीडित महिलाले साइबर ब्यूरोमा २३ वैशाख २०७९ मा जाहेरी दिएकी थिइन् । त्यतिबेला उनी वैदेशिक रोजगारीमा मलेसिया पुगिसकेकाले उनीविरुद्ध इनटरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।

    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - १७:१५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको