७ बैशाख काठमाडौ।कर्णालीका चार मन्त्रीले शपथ लिए प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् ।भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

