७ बैशाख काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र तीन पूर्वप्रधानमन्त्री चितवन आज जाँदैछन् । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नचितवन जान लागेका हुन् ।
वैशाख १० गते हुने उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्नलागेका हुन् । आज ३ बजे हुने सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

