७ बैशाख काठमाकौ।नेपालका युवाहरुको रोजाईमा स्पोर्टस् बाइक पर्न थालेको दशकौं भएको छ । महंगो मूल्यको कारण चाहना राख्ने सबैले स्पोर्टस् बाइक चढ्न नपाएपनि विगत १५ वर्षदेखि यामाहाले आर १५ को माध्यमबाट धेरै युवाको रहर पुरा गर्दै आएको हो ।
सुरुमा नेपाल आउँदा आर १५ को मूल्य २ लाख ८० हजार रुपैयाँ थियो । पहिलो जेनेरेशन मोडल करिब ३ वर्ष विक्री भएपछि थप भर्सन आउन थालेको हो । यामाहा आर १५ एम मोडलको अलावा भी थ्री र भी फोर मोडल पनि नेपालमा उपलब्ध रहेको छ । कम्पनीले आर १५ भी थ्रीको मूल्य ५ लाख २५ हजार रुपैयाँ र भी फोरको मूल्य ५ लाख ७५ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
यामाहाले आर १५ सिरिजका तीनवटै मोटरसाइकलमा धेरैजसो फिचर समान दिएको छ । तीनवटै मोडलमा समान १५५ सीसी क्षमताको लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकत १८.४ पीएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ६ स्पीड गियरबक्स जडान भएको छ ।