Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

डडेल्धुराको खस्रेखानमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु १२ भन्दा बढी घाइते

डडेल्धुराको खस्रेखानमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु १२ भन्दा बढी घाइते

जोईन खबर

३०, आश्विन २०८१
  • 715
    SHARES
  • डडेल्धुराको खस्रेखानमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु १२ भन्दा बढी घाइते

    ३० असोज काठमाडौँ । डडेल्धुरामा रात्रीबस दुर्घटना हुँदा चार जनाको मृत्यु १२ जना भन्दा बढी घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राती साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो।

    images

    दुर्घटनामा मृत्यु हुने दुई जना महिला, एक जना  पुरुष र एक  जना शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए।मृत्यु हुनेमा बैतडीको पुर्चौंडी ३ का ४५ वर्षीया जयमति बोहरा,२० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र २२ वर्षीय सहदेव बोहरा रहेका उनले बताए। घटनामा घाइते हुनेहरुको विवरण खुल्न बाकी रहेको बताए ।

    images
    images
    images

    उनका अनुसार गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको जनाइएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

     

     

    प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०७:१६:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको