२ कात्तिक काठमाडौँ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा चितवन जिल्लामा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।
यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताउनुभयो ।
रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ । यस कारण यस संस्थाले रगत संकलन टिम लाई रक्तदान कार्यक्रम गर्न समेत जोड दिनु पर्ने बताए । रगतको अभाव हुदा कति पया बिरामीको उपचारमा समस्या देखिएको छ ।