Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रन जित्यो

ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रन जित्यो

जोईन खबर

२, कार्तिक २०८१
  • 733
    SHARES
  • ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रन जित्यो

    २ कात्तिक काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले  जित निकालेको छ । शुक्रबार बिहान ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रनमात्र बनायो ।

    images

    आन्द्रियस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहलले १६ रन बनाए । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै, रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक विकेट लिए । नौ विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो । नेपालका कप्तान रोहितकुमार पौडेल अर्धशतक बनाउन एक रनले चुके । उनले ३३ बलमा चार चौका र एक छक्कासहित ४९ रन बनाए ।

    images
    images
    images

    दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।  अनिल साह र आसिफ सेखले २७ रन जोडे । गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन थपे । अमेरिकाका सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मीत सिंहले समान दुई विकेट लिए ।

    अली खान र नोस्थुस केन्जिगेको नाममा एक–एक विकेट रह्यो ।यी दुई टिमबीच ट्वान्टी–२० शृंखलामा तीन खेल हुने तालिका छ । पहिलो खेलमा जितसँगै नेपालले शृंखलामा १–० को अग्रता बनाएको छ । शृंखलाको दोस्रो खेल अक्टोबर २० र तेस्रो खेल अक्टोबर २१ मा हुनेछ ।
     

    प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - १२:४७:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको