Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

पार्टी सभापति  पक्राउ हुन सक्ने अवस्था भए पछि  प्रदेश समितिको आकस्मिक बैठक सुरु 

पार्टी सभापति  पक्राउ हुन सक्ने अवस्था भए पछि  प्रदेश समितिको आकस्मिक बैठक सुरु 

जोईन खबर

२, कार्तिक २०८१
  • 736
    SHARES
  • पार्टी सभापति  पक्राउ हुन सक्ने अवस्था भए पछि  प्रदेश समितिको आकस्मिक बैठक सुरु 

    २ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक सुरु गरेको छ ।  पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् ।मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् ।

    images

    सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् । झाले जुम मिटिङ बोलाएका छन् ।

    images
    images
    images

    सबै जिल्ला, पालिका, वार्डको जिम्मेवारी रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको मेसेजमा भनिएको छ ।सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाएको साहले मेसेजमा लेखेका छन् ।

    साँझ ५ बजे बोलाइएको मिटिङमा प्रदेश समिति, जिल्ला संयोजक, उप संयोजक, पालिका समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश विभागका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

    साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा बस्नु होला ।काभ्रेका रास्वपा सभापति प्रविन कुमार ढकालले पनि केन्द्रीय कार्यालयमा भेला हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।यसै खबरले अहिले कार्यालयको वरपर प्रहरी गाडी देखि कार्यकर्ताहरु उपस्थिति भएका छन् । 

    प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - १७:१३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको