८ बैशाख काठमाडौ।माई खोला हाइड्रोपावर लिमिटेडले आज शुक्रबार बैशाख ८ गते देखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशनमा ल्याएको छ । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ ह्जार ५६८ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
कम्पनीको जारी पूँजीको ३९ प्रतिशत अर्थात १५ लाख २९ हजार ४११ कित्ता शेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ । २ प्रतिशत अर्थात ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७६ हजार ४७१ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको १२ लाख ६९ हजार ४११ कित्ता शेयर सर्व साधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई ईक्राएनपी आईआर डबलबी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले सोहि स्थानमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ असार ३१ गते देखि विद्युत उत्पादन गर्देछ ।आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ ।
कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित स्थानिय र ३९ प्रतिशत सर्वसाधारणको लागि गरी ४९ प्रतिशत अर्थात १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको शेयर निष्काशन गरेर चुक्ता पूँजी ३९ करोड २१ लख ५६ हजार ८०० रुपैयाँ पुर्याउन शेयर निष्काशन गर्नु परेको जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको रकम वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न प्रयोग गरिने जनाएको छ ।आईपीओ निष्काशन गरेर संकलन भएको १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ सबै ऋण भुक्तानी गर्न खर्च हुने कम्पनीले जनाएको छ । त्यस पश्चात पनि अझै २० करोड ९६ लाख ८३ हजार ३५९ रुपैयाँ ऋण बाँकी रहने कम्पनीले जनाएको छ ।