Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

मेलम्चीमा क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाइयो

मेलम्चीमा क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाइयो

जोईन खबर

८, कार्तिक २०८१
  • 679
    SHARES
  • मेलम्चीमा क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाइयो

    ८ कात्तिक काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइरहेको प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ ।

    images

    अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले राससलाई जानकारी दिए ।

    images
    images
    images

    उनले भने, ‘मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी वागमती नदीमा छाडिएको छ ।

    मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका कारण फोहर देखिँदै आएको नदी क्रमिक रुपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए ।

    प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - १५:०७:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको