Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बारपाक सुलिकोटको पाचौँ रनिङ शिल्डको उपाधि यो बर्ष पनि माझथर मावि स्वारालाई

बारपाक सुलिकोटको पाचौँ रनिङ शिल्डको उपाधि यो बर्ष पनि माझथर मावि स्वारालाई

जोईन खबर

११, कार्तिक २०८१
  • 1.3K
    SHARES
  • बारपाक सुलिकोटको पाचौँ रनिङ शिल्डको उपाधि यो बर्ष पनि माझथर मावि स्वारालाई

    ११ कात्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यो बर्ष पनि  माझथर मावि स्वाराले हात पारेको छ । गाउँपालिकाको आयोजनामा भएको रनिङ शिल्डमा पालिका भित्रका  १२ वटा विद्यालयको सहभागिता रहेका थिए ।

    images

    गाउपालिकाले शहिद आशाकाजी श्रेष्ठ स्मृती रंगशालामा बहाकोटको खेल मैदानमा  भएको प्रतियोगितामा प्रथम हुने विद्यालयले १२ स्वर्ण, ६ रजत र ४ काँस्य गरि कूल २२ पदक जितेर गापालिका वडा न ४  मा रहेको श्री माझथर माविले उपाधि बिजेता बनेको गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताए । यस प्रतियोगितामा सहभागि भई वजिेता बन्नेको विद्यालयले नगद रु ३० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । गाउपालिकाले ५ बर्ष देखि हरेक बर्ष गर्दै आएको रनिङ शिल्डमा  माझथर माविले लगातार ३ वर्ष विजेता बन्दै बारपाक सुलिकोट गाउँपालिकाको रनिङ शिल्डमा आफ्नो बनाएको हो । उक्त प्रतियोगितामा उपविजेता बनेको श्री सूर्यज्योति मावि पाल्खुले ७ स्वर्ण, ७ रजत र ५ काँस्य गरि कूल १९ पदक जितेर दोस्रो बनेको थियो ।

    images
    images
    images

    bis2.jpg

    दोस्रो वा उपविजेता बनेको बिद्यालयले नगद रु  २० हजार  पुरस्कार सहित ट्रफि, मेडल प्रमाण पत्र  पाएको गरेको गाउपालिका प्रवक्त शुभप्रभात नेपालीले जानकारी दिए । प्रतियोगिताको क्रममा सहभागि हुने श्री शैलपुत्री मावि देउरालीले २ स्वर्ण, २ रजत र १ काँस्य गरि कूल ५ पदक सहित तेस्रो भएको थियो । प्रतियोगितामा तेस्रो हुने विद्यालयले नगद रु १० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाएको हो । गाउपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा  ३० विधामा खेल प्रतिस्पर्धा भए मध्येमा भलिबल खेलको छात्रतर्फ दुर्गा माविका कविराज विक र छात्रातर्फ माझथर माविका पूजा गुरुङ उत्कृष्ट खेलाडी घोषित, कबड्डी खेलको छात्रतर्फ सूर्यज्योति माविका सन्देश श्रेष्ठ र छात्रातर्फ सूर्यज्योति माविकै अञ्जना परियार उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

    bis3.jpg

    यसै गरि त्यहाँ भएका विभिन्न खेलबाट  एथलेटिक्स छात्रतर्फ सूर्यज्योति माविका पविन रम्तेल र छात्रातर्फ माझथर माविका पुनम गुरुङ उत्कृष्ट खेलाडी घोषित बनेका गाउँपालिकाले जनाएको छ । यसै प्रतियोगिता बाट विजेता टिमलाई पालिकाका अध्यक्ष विष्णु भट्टको हातबाट  पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।

    bis1.jpg प्रतियोगितामा १० वटा माध्यामिक र २ वटा आधारभूत गरि जम्मा १२ वटा विद्यालयबाट करिब ४ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको  गाउँपालिका शिक्षा शाखा प्रमुख  श्रेष्ठले बताए । गत कात्तिक ८ गतेबाट सुरु भएको प्रतियोगितामा  कूल ३० विधामा प्रतिस्पर्धा भएको हो । पाचौँ रनिङ शिल्डको पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकूद प्रतियोगिताले खेलाडीको अनुशासन, खेलभावनाको विकासको क्षेत्रमा धेरै टेवा पु¥याउने समेत बताउनु भयो । 

    प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १०:५७:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको