११ कात्तिक काठमाडौँ । नागर्जुनमा पेस्तोलसहित २५ बर्षीय युवा पक्राउ परेका छन् । त्यसै ठाउँका स्थानीयलाई पेस्तोल देखाएर त्रसित बनाउँदै हिँड्ने युवालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौँको रानीवनबाट पक्राउ गरेको हो । पक्राउ परेका ती युवाले काठमाडौँको नागर्जुन नगरपालिका १ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा फेला पारेका थिए ।
पक्राउ पर्ने युवा दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई हाल रानीबन बस्ने २५ बर्षीय अनिल खड्का रहेका प्रहरीको भनाई छ ।
प्रहरीले उनलाई पक्राउ गरे पछि कोठा छापा मार्ने क्रममा पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका खड्कामाथि प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।