Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

खोटाङको महिला एकता अध्यायन केन्द्रको अध्यक्षमा  राई चयन

खोटाङको महिला एकता अध्यायन केन्द्रको अध्यक्षमा  राई चयन

जोईन खबर

११, कार्तिक २०८१
  • 913
    SHARES
  • खोटाङको महिला एकता अध्यायन केन्द्रको अध्यक्षमा  राई चयन

    ११ कात्तिक काठमाडौँ । खोटाङको  महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन भएका छन् ।  १८ वर्षअघि स्थापना गरिएको केन्द्रको पाँचौँ अधिवेशनले महिला नेतृ राईलाई पुनःचौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

    images

    पन्ध्र सदस्यीय जिल्ला कार्यसमिति रहेको महिला एकता अध्ययन केन्द्र अध्यक्षमा  दुर्गाजयन्ती राई ,उपाध्यक्षमा बिन्दा थापा, सचिवमा कमला घिमिरे, सहसचिवमा चन्द्रकला कार्की र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको हो ।

    images
    images
    images

    बिना अध्ययन मानव जीवन अपुरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसात् गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालयसमेत सञ्चालन गर्दै आएको छ । जिल्लाका १० वाटै स्थानीय तहका महिलाहरु सहभागी महिला एकता अध्ययन केन्द्रमा ८० जना साधारण सदस्य रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १४:१७:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको