Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 बंगलादेशले भुटानलाई हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश

 बंगलादेशले भुटानलाई हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश

जोईन खबर

११, कार्तिक २०८१
  • 781
    SHARES
  •  बंगलादेशले भुटानलाई हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश

    ११ कात्तिक काठमाडौँ । साफ महिला च्याम्पियनसिपको खेलमा बंगलादेशले भुटानलाई हराउँदै लगातार दोस्रोपटक पनि फाइनल प्रवेश गरेको छ ।  बंगलादेशले भुटानविरुद्ध ७–१ को सहज जित निकालेको हो ।

    images

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशको जितमा तोहुराले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन् । रितु पोर्ना चक्मा र सिउलियाजमले एकरएक गोल गरे ।भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् । बंगलादेशले सातौँ मिनेटमा रितुको गोलबाट अग्रता बनाएको थियो । बंगलादेश पहिलो हाफमा ५–१ ले अगाडि थियो ।

    images
    images
    images

    बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो ।बंगलादेशले अब उपाधिका निम्ति भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने तालिका छ ।बंगलादेशले यसअघि सन् २०२२ मा उपाधि जित्दा फाइनलमा नेपाललाई पराजित गरेको थियो । 

    प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १६:१४:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको