११ कात्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण जाने तयारीमा छन् । उनी यही कात्तिक अन्तिम साता वा मंसिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालय जनाएको हो ।
सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ ।
बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् ।