Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 रौतहटबाट ५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ 

 रौतहटबाट ५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ 

जोईन खबर

१२, कार्तिक २०८१
  • 823
    SHARES
  •  रौतहटबाट ५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ 

    १२ कात्तिक काठमाडौँ । रौतहटमा  स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    images

    गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए ।पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता रायले बताए ।

    प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - १४:५६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको