Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 नेपालले  बांङ्लादेशलाई आजदेखि ४० मेगावाट बिजुली निर्यात गर्न सुरु

 नेपालले  बांङ्लादेशलाई आजदेखि ४० मेगावाट बिजुली निर्यात गर्न सुरु

जोईन खबर

३०, कार्तिक २०८१
  • 667
    SHARES
  •  नेपालले  बांङ्लादेशलाई आजदेखि  ४० मेगावाट बिजुली निर्यात गर्न सुरु

    ३० कात्तिक काठमाडौँ । नेपालले आजदेखि बांङ्लादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बांङ्लादेश निर्यात हुन थालेको हो ।

    images

    ऊर्जा मन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बांङ्लादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।

    images
    images
    images

    आज ४० मेगावाट बिजुली बांङ्लादेश निर्यात हुन थालेको हो । ४० मेगावाट विद्युत् बांङ्लादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।

    सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो ।त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बांङ्लादेश निर्यात गर्नेछ ।

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - १४:१४:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको