१० बैशाख काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र न २ का उम्मेदवार रवि लामिछानेले अघिल्लो पटक निर्वाचनमा भन्दा यो उपनिर्वाचनमा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन् ।
चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको बताएका हुन् ।बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु भने रास्वपा अध्यक्ष रवि लामिछानेले बताउनु भयो ।

