५ मंसिर काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज पनि जारी रहेको छ । हिजो देखि लगातार दोस्रो दिन पनि बैठक चलि रहेको छ ।
केन्द्रीय समितिको बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए । समसामयिक राजनीति गतिविधि, पार्टीको आगामी कार्यदिशालगायत विविध विषयमा छलफल हुने उनले बताए ।
मंगलबार बसेको बैठकमा सभापति रवि लामिछानेको रिहाइका लागि आन्दोलनको पक्षमा बहुमत नपुगेपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यता महामन्त्री कविन्द्र बुर्लाकोटीले भने आन्दोलन गर्नेमा सबै एकमत भए पनि कुन मोडालिटीमा जाने भन्ने विषय आजको बैठकले तय गर्ने बताए ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध रुपन्देहीपछि काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।