Logo

बिहिवार, श्रावण १४ गते २०८३

रास्वपा सभापति लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध उजुरी दर्ता

रास्वपा सभापति लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध उजुरी दर्ता

जोईन खबर

१०, बैशाख २०८०
  • 760
    SHARES
  • रास्वपा सभापति लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध उजुरी दर्ता

    १० बैशाख काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा नेपाली काँग्रेस चितवनले उजुरी दिएको छ । 

    images

    निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो । 

    नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको हो । रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यस पत्रमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो ।

    ujuri.jpg 


     

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १८:३१:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको