Logo

मंगलवार, श्रावण १२ गते २०८३

अष्ट्रेलियाका प्रधानमन्त्रीले देशमा आपतकालको घोषणा गर्ने

अष्ट्रेलियाका प्रधानमन्त्रीले देशमा आपतकालको घोषणा गर्ने

जोईन खबर

२५, फाल्गुण २०७८
  • 856
    SHARES
  • अष्ट्रेलियाका प्रधानमन्त्रीले देशमा आपतकालको घोषणा गर्ने

    अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशको दुईवटा राज्यमा आएको बाढीका कारण राष्ट्रव्यापी आपतकालको घोषणा गर्ने बताएका छन् ।

    images

    न्यु साउथ वेल्स (एनएसडब्ल्यु) र क्विन्स्ल्याण्डमा आएको बाढीमा परी २० जनाको मृत्यु भएको छ । रेकर्ड स्तरको वर्षापश्चात् पछिल्लो दुई हप्तामा हज्जारौं घर डुबानमा परेका छन् ।

    बासिन्दाको तत्काल उद्दार नगरेको भन्दै मानिसले संघीय तथा स्थानीय सरकारमाथि रोष व्यक्त गरेका छन् ।

    मोरिसनको घोषणा – राष्ट्र पहिलो– ले संघीय अधिकारीलाई यसबारे प्रत्यक्ष हस्तक्षेप गर्न अनुमति दिनेछ ।


    उनले लिस्मोरको शहरमा बुधबार यस्तो घोषणा गरेका हुन् । उनले ५ सय वर्ष पछि यस्तो घटना निम्तिएको बताए । बाढीका कारण यहाँ ४ जनाको मृत्यु भएको छ ।

    ‘यहाँ जे देखिएको छ, त्यसले मुटु छियाछिया पारेको छ । तपाईंले यसलाई हेर्नुपर्छ, यसलाई सुँध्नुपर्छ, महसुस गर्नुपर्छ,’ उनले भने ।

    प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १३:४८:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको