११ वैशाख काठमाडौ। चितवन क्षेत्र नं २ मा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को मतगणना गर्दा लामिछानेले अग्रता लिएका छन् ।
इच्छाकामना वडा नं १ र ३ को मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।