१२ वैशाख काठमाडौ। चितवन क्षेत्र नं २ मा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का रवि लामिछानेलाई नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले बधाई दिएका छन् ।३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।
मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।
‘रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको अपेक्षा रहने बताएका छन् । जनताले परिवर्तन चाहियो भनेर घन्टी बनाएको र सबै मिलेर काम गर्नेछौं ।’

