२६ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगएनपिएलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई जितको लागि झिनो लक्ष्य प्रस्तृत गरेको छ । किर्तिपुर टियु मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो ।
काठमाडौंका लागि भीम सार्कीले ३१ रन,ड्यान ड्वाथवेटले २१ रन,प्रतिक श्रेष्ठले२० रन,स्टेफन स्केनाजी १३ रनमा आउट भए । काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए ।
लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिशेष गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।बुधवारको पहिलो खेलमा शीर्ष स्थानको जनकपुरलाई दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ ।आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ ।