१२ बैशाख काठमाडौ। मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर भएको छ । सुन चार सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार रुपैयाँ कारोबार भइरहेको छ ।
विगत केही दिनदेखि सुन चाँदीको मूल्यमा सामान्य उतार चढाव मात्र भएको छ ।सोमबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।