२ पुस काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि निरन्तर बस्दै छन्। सोमबार नै सक्ने तयारी भएपनि कार्यविभाजनमा छलफल हुन नसकेकाले आज पुन बैठक बस्न लागेको हो ।
पार्टीको बैठक मंसीर २६ गते देखी जारी छ ।
बैठकमा स्थायी समिति सदस्यले धारणा राख्ने र जबाफ दिने क्रम भने सकिएको छ । आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने बताइएको छ ।
सोमबारको बैठकले नेकपा एकीकृत समाजवादीको ‘आन्दोलन द्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेको छ ।