Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेप्सेमा ३० अङ्ककाे गिरावट, कारोबार रकमसमेत घट्यो

नेप्सेमा ३० अङ्ककाे गिरावट, कारोबार रकमसमेत घट्यो

जोईन खबर

२५, फाल्गुण २०७८
  • 721
    SHARES
  • नेप्सेमा ३० अङ्ककाे गिरावट, कारोबार रकमसमेत घट्यो

    काठमाडौँ- बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ ।

    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अङ्कले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ । 

    सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको छ । 

    सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो । एक सय ९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । 

    प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १६:१९:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको