Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल आउने भयो नयाँ एड्भेन्चर मोटरसाइकल मूल्य कति ?

नेपाल आउने भयो नयाँ एड्भेन्चर मोटरसाइकल मूल्य कति ?

जोईन खबर

१२, बैशाख २०८०
  • 661
    SHARES
  • नेपाल आउने भयो नयाँ एड्भेन्चर मोटरसाइकल मूल्य कति ?

    १२ बैशाख काठमाडौ।नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल थपिने भएको छ । येज्दी मोटरसाइकलले येज्दी एड्भेन्चर नेपाल आउने भएको हो ।नेपाली बजारमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले येज्दी ब्राण्डको एड्भेन्चर मोटरसाइकल ल्याउन लागेको हो ।

    images

    कम्पनीले दुई कलर अप्सनमा एड्भेन्चर मोडल ल्याउने छ । कलर अनुसार फरक मूल्य निर्धारण गरेर यसको विक्री सुरु हुन लागेको छ । कालो कलरको मूल्य ९ लाख ९८ हजार र सिल्भर कलरको मूल्य ९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

    येज्दी एड्भेन्चरमा ३३४ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिन जावा पेराकबाट लिइएको भएता पनि यसलाई एड्भेन्चरका लागि ट्युन गराइएको छ । यो इन्जिनले ३०.२ पीएस पावर ८००० आरपीएममा र २९.९ पीएस पावर ६५०० आरपीएममा जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

     

     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १५:०४:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको